प्रधानमन्त्रीले जनताको अपमान गरेको भन्दै डा. लोहनीले दिए ४ सुझाव « Khabarhub

प्रधानमन्त्रीले जनताको अपमान गरेको भन्दै डा. लोहनीले दिए ४ सुझाव


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीले आफू बाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको बताएका छन् ।

राप्रपा अध्यक्ष लोहनीले सोमबार सामजिक सञ्जालमा सन्देश जारी गर्दै प्रधानमन्त्रीलाई चार बुँदे सुझाव समेत दिएका छन् ।

यस्तो छ उनको सुझाव

सम्माननीय प्रधानमन्त्री जी

१. विदेशी र स्वदेशी मिलेर नेपाल को नया नक्सा जारी गरे बापत तपाईलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईँको आरोप पढियो ।

२. तपाईँको विश्लेषण गलत छ किनभने तपाईलाई हटाउन तपाई आफै कसिएर लाग्नु भएको छ एक पटक शान्त भएर आफूले आफूलाई हेर्नुहोस् थाहा पाउनु हुनेछ ।

३. ठीक कुरामा जनता र दलहरुले तपाईँलाई सधै साथ दिएका छन् । तपाईँले भद्र भलादमी प्रतिपक्ष पाउनु भएको छ जो तपाईको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन ।

विचार गर्नुहोस् कुनै विदेशीको मुख हेरेको भए यो एकता संभव हुने थिएन र संसदबाट सिमाना सम्बन्धि प्रस्ताब निर्विरोध पारित हुने थिएन । यो देख्दा देख्दै अरुलाई विदेशीबाट संचालित भन्नु तपाई बाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफु बाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टीकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।

४. तपाईको विरोध तपाईको श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी सँस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग संझने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईको नवसामन्ती प्रवृत्तिको कारणले हो ।

प्रजातन्त्रको नाममा आजको नयाँ पिढीले तपाईको भारदारी शासन स्वीकार गर्दैनन् । यदि म गल्ती हुँ भने तपाईँले ओम्नी काण्ड, यती जग्गा काण्ड, वाइड बडी जहाज कमीसन काण्ड, न्यारो बडी हवाईजहाज काण्ड, सुन काण्ड, एनसेल काण्ड जस्ता अनैको विवादको न्यायिक छानविन गर्ने घोषना गर्नुहोस् ।

साथै सबै दलका नेताहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुहोस् । तर यो दुइ बर्षमा सबैले देखिसके तपाई यो नवसामंतबादमा अडेको “नौलो बहुदलीय भारदारी जनबाद” अन्त गर्ने नैतिक हिम्मत तपाईमा छैन । त्यसैकारण तपाईका शुभचिन्तकहरु पनि तपाईबाट देश चल्दैन भन्ने निचोडमा पुगेका हुन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १ : ४३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको