साम्राज्ञीलाई भुवनको जवाफ – जुन थालमा खायो त्यही थालमा दुलो पार्ने ! « Khabarhub

साम्राज्ञीलाई भुवनको जवाफ – जुन थालमा खायो त्यही थालमा दुलो पार्ने !


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता तथा अभिनेता भुवन केसीले सामाजिक सञ्जाल फेसबूकमार्फत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

साम्राज्ञीले ३ दिनअघि इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ३ वटा फिल्ममा काम गर्दा नमिठो अनुभव भोगेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् ।

साम्राज्ञीेले पटकपटक फिल्ममा अभिनय गर्ने क्रममा मेकरले नराम्रो व्यवहार गरेको प्रतिक्रिया दिएकी थिइन् । चलचित्र ‘ड्रिम्स’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी साम्राज्ञीले आफूले यो फिल्ममा काम गर्दा नमीठो व्यवहार भोगेको खबरहबको कुराकानीमा समेत खुलासा गरेकी थिइन् ।

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

यसैबीच अभिनेता भुवन केसीले सामाजिक सञ्जालमार्फत ‘जुन थालमा खायो, उही थालमा दुलो पार्ने’ भन्दै टिप्पणी गरेका छन् ।

‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्?, जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने?,’ साम्राज्ञीलाई लक्षित गरी लेखिएको स्टाटसमा भुवनले भनेका छन्, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि ।’

भुवनले साम्राज्ञीलाई अभिनय गर्न नै नजानेको भन्दै प्रतिक्रिया समेत दिएका छन् । साम्राज्ञीले अरु मेकरलाई पनि आरोप लगाएकी छिन् । तर, अरु कसैले यसबारेमा अभिव्यक्ति दिएका छैनन् ।

साम्राज्ञीले ड्रिम्स, ए मेरो हजुर २, तिमीसँग, इन्टु मिन्टु लण्डनमा, कायरा, मारुनी, रातो टीका निधारमा लगायतका फिल्ममा अभिनय गरेकी छिन् । केही समययता उनले अभिनय गरेका फिल्मले खासै व्यवसायिक सफलता हात पारेका छैनन् ।

केही समयअघि साम्राज्ञीले एक भिडियोमार्फत अब वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने बताएकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ३० बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति