इरानद्वारा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, ‘रेड नोटिस’ जारी गर्न इन्टरपोललाई आग्रह « Khabarhub

इरानद्वारा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, ‘रेड नोटिस’ जारी गर्न इन्टरपोललाई आग्रह


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ।

गत जनवरी ३ मा इराकी राजधानी बगदादमा ड्रोन आक्रमण गरी सुलेमानीको हत्या गरिएको थियो।

उनको हत्यामा संलग्नहरुलाई ‘हत्या र आतंकवाद’ को आरोप लगाइएको एक सरकारी वकिल अली अलकासिमेरको भनाइ उद्धृत गर्दै इरानीको आईएसएनए न्युजले जनाएको छ।

यद्यपि पक्राउ पुर्जी जारी गरिएहरुमा ट्रम्पबाहेक अन्यको नाम अलकासिमेरले खुलाएका छैनन्। इन्टरपोलले यससम्बन्धी प्रतिक्रिया दिइसकेको छैन।

इरानले ट्रम्पविरुद्ध रेड नोटिस जारी गर्न समेत इन्टरपोललाई आग्रह गरेको अलकासिमेरले बताएका छन्। रेड नोटिस कुनै पनि आरोपितलाई पक्रिन इन्टरपोलले जारी गर्ने सबैभन्दा उच्चस्तरीय सूचना हो।

कुनै मुलुकले कुनै व्यक्तिलाई पक्रिन रेड नोटिसका लागि आग्रह गरिसकेपछि इन्टरपोलको बैठकले सूचना जारी गर्ने वा नगर्ने निर्णय गर्छ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ३४ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि