मकवानपुर गढीमा सलहले सखाप पार्‍यो मकै बाली « Khabarhub

मकवानपुर गढीमा सलहले सखाप पार्‍यो मकै बाली


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बारा र पर्सा हुँदै भित्रिएको सलहले मकवानपुरको गढीमा साेमबार एक हजार हेक्टर जमिनको मकै खेती सखाप पारेको छ ।

हालसम्मको प्रारम्भिक विवरणअनुसार १२  जिल्लामा सलहले क्षति पुर्‍याएको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए ।

‘आइतबार र सोमबार मकवानपुरगढी गाविस क्षेत्रको झन्डै एक हजार हेक्टर जमिनमा लगाएको मकैमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको’ सुवेदीले खबरहबसग भने ।

गत शनिबार बिहान भारतबाट नेपाल प्रवेश गरेका सलह सोमबारसम्म पर्सा, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, रुपन्देही, पूर्वी नवलपरासी, कास्की, पाल्पा, कपिलवस्तु, गोरखा लगायतका जिल्लामा देखिएका छन् ।

त्यस्तै झुन्डबाट छुटिएर ५०/६० वटा सलह १५ जिल्लामा हावाको वेगले पुर्‍याएकाे जनाइएको छ । ‌साथै आइतबार साँझ कपिलबस्तुमा ठूलाे समुहमा सलह भित्रिएका थिए ।

जुन अहिले छुटिएर अर्घाखाँची र दाङतिर समेत पुगेको छ । अन्य स्थानमा पुगेका सलहले क्षति नपुर्‍याए उनले बताए ।

शनिबारदेखि सलह आएपनि अहिलेसम्म त्यसको न्यूनीकरण भने गर्न सकिएकाे छैन ।

‘जङ्गलमा बसिरहेको र माथि बाट विषादि छर्न सवारी साधा नभएकाले अहिलेसम्म यसको न्यूनीकरण गर्न सकिएकाे छैन ।’

विषादी छर्न प्राविधिकहरु तयारी अवस्थामा रहे पनि रुखका टुप्पामा बसेकाले स्प्रेको एक्सन गर्न नसकिएको सूचना केन्द्रका प्रमुख सुवेदीले बताए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : २८ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,