कर्णालीका १ हजार १ कोरोना संक्रमित निको भएर घर फर्के « Khabarhub

कर्णालीका १ हजार १ कोरोना संक्रमित निको भएर घर फर्के


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

दिनहुँजसो दर्जनौँ सङ्क्रमित निको भएर घर जान थालेका छन् । जेठ १० गते यता दिन दुईगुणा रात चौगुणाले भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण पुष्टि हुँदै जाँदा कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको थियो ।

असार १३ गते यता कोरोना सङ्क्रमित हुनेभन्दा जितेर घर फर्कनेको सङ्ख्या बढेपछि कर्णालीवासीको अनुहारमा खुशी छाउन थालेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडीटी  र पीसिआर परीक्षणमा आज रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि आजै यो प्रदेशका विभिन्न आइसोलेशन सेन्टरबाट ४५ सङ्क्रमितले कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । निको हुनेमा ४१ पुरुष र चार महिला रहेको उनले बताए ।

आज दैलेख अस्पतालको आइसोलेशनबाट १७, सालकोट आइसोलेशन सुर्खेतबाट १४, प्रदेश अस्पताल सुर्खेतबाट छ, गुराँस आइसोलेशन दैलेखबाट छ र लेकबेंसी आइसोलेशन सुर्खेतबाट दुई जनाले कोरोना जितेसँगै कर्णालीमा कोरोनामुक्त हुनेको सङ्ख्या एक हजार एक पुगेको महाशाखा प्रमुख डा तिवारीले जनाए ।

“अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका सबै व्यक्तिको अवस्था सामान्य छ र कुनै लक्षण देखिएको छैन”, उनले भने , “सङ्क्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन् ।”

उनका अनुसार प्रदेश सरकारले सङ्क्रमितलाई मेडिकल उपचारका साथै योग ध्यान तथा विभिन्न खाले शारीरिक व्यायाम गराउने कामसमेत गरेको छ भने प्रदेश आयुर्वेद औषधालयले १० जिल्लाका सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिरहेको छ ।

अब कर्णालीमा ४२६ जना कोरोना सङ्क्रमित मात्र निको हुन बाँकी रहेका छन् । कूल सङ्क्रमित सङ्ख्याको ७० प्रतिशत निको भएर घर फर्केको र बाँकी ३० प्रतिशतको अवस्था सामान्य रहेको मन्त्रालयलको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ११ : ०३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको