ट्रम्पका जेठो छोरामाथि ट्वीटरको प्रतिबन्ध « Khabarhub

ट्रम्पका जेठो छोरामाथि ट्वीटरको प्रतिबन्ध


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरामाथि ट्वीटरले १२ घण्टे प्रतिबन्ध लगाएको छ ।

ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेपछि उनीमाथि १२ घण्टासम्म कुनै ट्वीट गर्न नमिल्ने गरी प्रतिबन्ध लगाइएको हो ।

ट्वीटरका अनुसार ट्रम्प जुनियरले पोष्ट गरेको उक्त भिडियोले कोभिड–१९ बारे गलत सूचना सम्प्रेषण गर्छ । यो ट्वीटरको नियमको उल्लंघन हो ।

ट्वीटरले बीबीसीसँगको कुराकानीमा आफूले ती व्यक्तिहरुलाई आफ्नो नीति अनुसार कारवाही गरेको जानकारी दिएको छ । यद्यपि, प्रतिबन्धकै बीच पनि ट्रम्प जुनियरले आफ्नो अकाउन्टलाई ब्राउज गर्न सक्नेछन् र प्रत्यक्ष मेसेज पठाउन भने सक्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित केही व्यक्तिले मलेरियाको यो औषधिलाई कोरोनाभाइरसमा फाइदाजनक बताएका छन् । यद्यपि, अनुसन्धानमा भने यसबारे कुनै पुष्टि भएको छैन ।

 

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : १७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको