मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनकै पक्षमा ट्रम्प, कोरोनाको उपचारमा प्रभावकारी हुने दाबी « Khabarhub

मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनकै पक्षमा ट्रम्प, कोरोनाको उपचारमा प्रभावकारी हुने दाबी


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व स्वाथ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस संक्रमितको उपचारमा प्रतिबन्ध लगाएको मलेरियाको औषधिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोनाको उपचारमा प्रभावकारी हुने दाबी गरेका छन् ।

डब्ल्युएचओ र स्वास्थ्य विज्ञहरूले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा ट्रम्पले भने फेरि पनि उक्त औषधि संक्रमितको उपचारमा प्रयोग गर्नु पर्ने पक्षमा वकालत गरेका हुन् ।

ट्रम्पले लगातार हाइड्रोक्सिक्लोरोक्वीको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट जोगिने वा संक्रमण निको हुने बताउँदै आएका थिए । उनले केही समयअघि संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताएका थिए ।

तर, अमेरिकाकै स्वास्थ्य विज्ञ, डब्ल्युएचओ तथा वैज्ञानिक अनुसन्धानहरुबाट मलेरियाविरुद्धको औषधि कोरोना भाइरसविरुद्धको उपचारमा प्रभावकारी नहुने देखिएको छ ।

यसको प्रयोगले कोरोना भाइरसबाट संक्रमितमा मुटु सम्बन्धी समस्या आउन सक्ने र कतिपय अवस्थामा मृत्युदर बढ्न सक्ने भन्दै परीक्षण बाहेकका अवस्थामा प्रयोगमा रोक लगाएको छ ।

तर, ट्रम्पले भने आफूले सुझाएका कारण कोभिड–१९ को उपचारमा होइड्रोक्सिक्लोरोक्वीनको प्रयोग अस्वीकार गरिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरले ट्रम्पका जेठो छोराले हाइड्रोक्सिक्लोरोक्वीको प्रशंसा गरी बनाएको भिडियो पोस्ट गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट उनको यस्तो भनाई आएको हो ।

अहिलेसम्म भएका अनुसन्धानमा हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसका संक्रमितलाई फाइदा गर्ने प्रमाण भेटिएको छैन । नियामक निकायहरुले यसको प्रयोग मुटु सम्बन्धी समस्याका लागि कारक बन्न सक्छ ।

अनुसन्धान प्रतिवेदनमा यो औषधिको प्रयोगले मुटुको चालमा गम्भीर समस्या आउन सक्ने तथा अरु स्वास्थ्य समस्याहरु पनि हुने देखिएपछि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले गएको महिना हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग नगर्न सावधान गराएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ०० बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु