चौध लाख नगदसहित चार जुवाडे पक्राउ « Khabarhub

चौध लाख नगदसहित चार जुवाडे पक्राउ


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो ।

सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामद गरिएको छ । यति ठूलो परिमाणमा जुवा खालबाटै पक्राउ परेको यो जिल्लाकै पहिलो घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ३९ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो