प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारले एक लाख पाउने « Khabarhub

प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारले एक लाख पाउने


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्युभएकाका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई रु एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो ।

प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा रु २५ हजारसम्म राहतस्वरुप सहयोग गर्ने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ ।

केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिका भित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।

नगर कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

नगरपालिकामा पहिराका कारण दुईको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । यस्तै, प्राकृतिक विपत्तिका कारण करीब दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १ : ०० बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको