विभाग गठनबारे पौडेल पक्षले सभापति देउवालाई ध्यानाकर्षण गराउने | Khabarhub Khabarhub

विभाग गठनबारे पौडेल पक्षले सभापति देउवालाई ध्यानाकर्षण गराउने


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेका छन् ।

पार्टी कार्यालय सानेपामा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको भेलाले सभापति शेरबहादुर देउवाले विधानविपरित विभागहरु गठन गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

नेता पाण्डेले भने, ‘विभागहरूमा पछिल्लो समय गरिएको मनोनयन राेक्न माग गर्दै लिखितपत्र बुझाउने सहमति भएको हो । कहिले बुझाउने भन्ने विषयमा वरिष्ठ नेता र सभापतिका बिचमा छलफल भएपछि समय निर्धारण हुन्छ ।’

भेलामा वर्तमान कार्यसमितिको कार्यकाल सकिने बेलामा विभागहरुलाई पूर्णता दिदै जाँदा महाविधेशन प्रभावित हुने निष्कर्ष समेत निकालेको अर्का केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।

उनले भने,‘कार्यकाल सकिएपछि विभाग नबनाउने भन्ने सहमति भएको थियो । आजको छलफलमा विधानविपरित भएको काम, सक्रिय सदस्यहरुका विषयमा छलफल भयो । सभापतिलाई भेटेर ध्यानाकर्षण बुझाउने भन्ने सहमति भएको छ ।’

छलफलका क्रममा महासमिति बैठकले तय गरेको भन्दा बढी विभाग नबनाउने भन्ने कुरालाई ध्यान दिन सभापति देउवालाई आग्रह गर्ने निर्णय समेत भएको नेता पाण्डेले बताए ।

उनले भने,‘निर्वाचनलाई प्रभावित गर्नेगरी भएका मनोनयनका विषयमा छलफल भयो । सदस्यता वितरणमा पनि पारदर्शीता कायम गर्नुपर्‍यो भन्ने आजको बैठकको निष्कर्ष हो ।’

अरु पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका नेताहरुलाई दिइने जिम्मेवारीका विषयमा समेत पार्टीमा सहमति गर्न दबाब दिने निर्णय आजको भेलाले गरेको नेता पाण्डेले बताए ।

सभापति देउवाले रिक्त रहेका विभागहरु गठनको कामलाई निरन्तरता दिएका बेला असन्तुष्ट पौडेल पक्षका नेताहरुको बैठक भएको हो ।

सभापति शेरबहादुर देउवाले आज मात्रै पनि ४ सय ७९ जना नेताहरुलाई कांग्रेसको ज्येष्ठ राजनीतिक सभामा मनोनयन गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : ३९ बजे

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी– नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित

आज साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै 

काठमाडौं– सातौँ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न

शृङ्खला गुमाएको दक्षिण अफ्रिकाको अन्तिम खेलमा जित

काठमाडौं – लगातार दुई खेलमा पराजयको सामना गरेको दक्षिण अफ्रिकाले

शिक्षासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।