आगामी महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने कांग्रेस महामन्त्री कोइरालाको उद्घोष « Khabarhub

आगामी महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने कांग्रेस महामन्त्री कोइरालाको उद्घोष


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले आगामी महाविधेशनमा सभापतिको उम्मेदवार हुने बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पार्टी कार्यालय सानेपामा भएको भेलापछि सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘जसले सबैलाई एकैठाउँमा ल्याउनसक्छ । त्यसैले सभापति जित्ने हो ।’

सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफुले राख्ने भन्दै उनले भने,‘मैले सबैलाई मिलाएर लैजानसक्छु । त्यसैले स्वभाविक रुपमा म पनि सभापतिको दाबी रहन्छ र मैले चुनाव पनि जित्छु ।’ कांग्रेसमा देउवा इतरका सबै नेताहरुलाई मिलाएर आफु सभापतिमा उठ्ने महामन्त्री कोइरालाले बताए ।

उनले महाविधेशन आउन ९ महिना मात्रै बाँकी रहेका बेला सभापति शेरबहादुर देउवाले महाविधेशन प्रभावित पार्नेगरी विभागहरुमा मनोनयन गरेकाले आजको भेला बोलाएको समेत बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ४६ बजे

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र