६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न उपाध्यक्ष गौतमलाई नेताहरुको सुझाव « Khabarhub

६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न उपाध्यक्ष गौतमलाई नेताहरुको सुझाव


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता कायम राख्नका लागि अघि सारेका ६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न उनी निकट नेताहरुले सुझाव दिएका छन् ।

केन्द्रीय सदस्यहरु ठाकुर गैरे, रामकुमारी झाँक्री, रबिन कोइराला, सुरेन्द्र मानन्धर, जीवनराम श्रेष्ठलगायतका नेताले बुधबार निवासमै पुगेर ६ बुँदे प्रस्तावबारे पुनर्विचार गर्न सुझाव दिएका हुन् ।

उनीहरुले पार्टीको समस्या समाधानका लागि ती प्रस्तावहरु व्यवहारिक नहुने भन्दै सुझाव दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

भेटमा गौतमले पार्टी विभाजन रोक्नैपर्ने अवस्था देखिएको हुँदा ६ बुँदे प्रस्ताव अघि सारेको हुँदा त्यसमा पुनर्विचार नगर्ने बताएको ती नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका गौतमले मंगलबार सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा ओलीले कुनै पद छाड्न नपर्ने प्रस्ताव राखेका छन् ।

गौतमको यस्तो प्रस्ताव आएलगत्तै मंगलबार साँझ नै प्रधानमन्त्री ओली भैंसेपाटी पुगेर गौतमलाई भेटेका थिए ।

यस्ता छन् ६ बुँदे प्रस्ताव

 

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ४९ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक