परीक्षणको दायरा फराकिलो बनाउँदै महानगर « Khabarhub

परीक्षणको दायरा फराकिलो बनाउँदै महानगर


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन । निषेधाज्ञाको समयमा भरतपुर महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ, स्वाब संकलन र परीक्षणमा तीव्र गति दिएको छ । महानगर क्षेत्रभित्र साउन ३० गते रातिदेखि जारी निषेधाज्ञा आज राति दोस्रो साता पूरा हुँदैछ ।

शनिबारदेखि तेस्रो साताको निषेधाज्ञा हुँदै गर्दा दुई हप्ताको निषेधाज्ञा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचाारमा प्रभावकारी काम भएको महानगरको भनाइ छ ।

भरतपुर महानगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीका अनुसार दैनिक कन्ट्याक्ट ट्रेसिङ, जोखिमयुक्त ठाउँहरुमा स्वाब सङ्कलन गर्ने काममा मात्र महानगरका १२ जना जनशक्ति परिचालन गरिएको छ ।

उनका अनुसार हालसम्म महानगरले दुई हजार ८७२ जनाकोपीसीआर सङ्कलन गरी दुई हजार ५२८ जनाको परीक्षण गरेको छ । निषेधाज्ञा जारी भएयता मात्रै ७८७ जनाको स्वाब सङ्कलन गरी ७११ जनाको परीक्षण गरिएको सुवेदीले बताए ।

महानगर क्षेत्रमा हाल ३१९ जनामा कोरोना संक्रमण देखापरेको छ । गत दुई सातामा मात्र यो सङ्ख्या २३६ रहेको छ जसमध्ये महिला १३३ र पुरुष १०३ जना रहेका छन् । पछिल्लो समय पुरुषभन्दा महिलामा संक्रमण बढी छ ।

महानगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि आइसोलेसनको व्यवस्थापनमा महानगर जुटेको छ ।

हाल महानगरको आइसोलेसनमा २३६ जना रहेका छन् । तीमध्ये ८१ घरमा र १५५ जना संस्थागत आइसोलेसनमा छन् । संक्रमितमध्ये ८४ जना निको भइसकेका छन् । २३६ सक्रिय संक्रमित महानगरमा छन् । महानगरले संक्रमण देखापरेपछि दुई हजार ३४७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिसकेको छ ।

निषेधाज्ञाको समयमा मात्र एक हजार ५५६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको सुवेदीले जानकारी दिए ।

भरतपुर महानगरले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय रहेको बागेश्वरी क्षेत्रमा ७५ जना क्षमताको आइसोलेसन तयार गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले संक्रमित बढेपछि निषेधाज्ञा जारी भएसँगै आन्तरिक काममा जुटेको बताइन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ५४ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने