परीक्षणको दायरा फराकिलो बनाउँदै महानगर « Khabarhub

परीक्षणको दायरा फराकिलो बनाउँदै महानगर


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन । निषेधाज्ञाको समयमा भरतपुर महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ, स्वाब संकलन र परीक्षणमा तीव्र गति दिएको छ । महानगर क्षेत्रभित्र साउन ३० गते रातिदेखि जारी निषेधाज्ञा आज राति दोस्रो साता पूरा हुँदैछ ।

शनिबारदेखि तेस्रो साताको निषेधाज्ञा हुँदै गर्दा दुई हप्ताको निषेधाज्ञा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचाारमा प्रभावकारी काम भएको महानगरको भनाइ छ ।

भरतपुर महानगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीका अनुसार दैनिक कन्ट्याक्ट ट्रेसिङ, जोखिमयुक्त ठाउँहरुमा स्वाब सङ्कलन गर्ने काममा मात्र महानगरका १२ जना जनशक्ति परिचालन गरिएको छ ।

उनका अनुसार हालसम्म महानगरले दुई हजार ८७२ जनाकोपीसीआर सङ्कलन गरी दुई हजार ५२८ जनाको परीक्षण गरेको छ । निषेधाज्ञा जारी भएयता मात्रै ७८७ जनाको स्वाब सङ्कलन गरी ७११ जनाको परीक्षण गरिएको सुवेदीले बताए ।

महानगर क्षेत्रमा हाल ३१९ जनामा कोरोना संक्रमण देखापरेको छ । गत दुई सातामा मात्र यो सङ्ख्या २३६ रहेको छ जसमध्ये महिला १३३ र पुरुष १०३ जना रहेका छन् । पछिल्लो समय पुरुषभन्दा महिलामा संक्रमण बढी छ ।

महानगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि आइसोलेसनको व्यवस्थापनमा महानगर जुटेको छ ।

हाल महानगरको आइसोलेसनमा २३६ जना रहेका छन् । तीमध्ये ८१ घरमा र १५५ जना संस्थागत आइसोलेसनमा छन् । संक्रमितमध्ये ८४ जना निको भइसकेका छन् । २३६ सक्रिय संक्रमित महानगरमा छन् । महानगरले संक्रमण देखापरेपछि दुई हजार ३४७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिसकेको छ ।

निषेधाज्ञाको समयमा मात्र एक हजार ५५६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको सुवेदीले जानकारी दिए ।

भरतपुर महानगरले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय रहेको बागेश्वरी क्षेत्रमा ७५ जना क्षमताको आइसोलेसन तयार गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले संक्रमित बढेपछि निषेधाज्ञा जारी भएसँगै आन्तरिक काममा जुटेको बताइन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ५४ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र