१ करोड ७२ लाख ८५ हजारले जिते कोरोना « Khabarhub

१ करोड ७२ लाख ८५ हजारले जिते कोरोना


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार  ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।

अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् । उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् । ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६० लाख ९४ हजार ५५७ जना मानिस संक्रमित हुँदा १ लाख ८५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् । ३३ लाख ७१ हजार ५९२ जनाले कोरोनालाई जितेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : ५५ बजे

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको