बहुविवाह मुद्दाका तीन प्रतिवादी कारागार चलान « Khabarhub

बहुविवाह मुद्दाका तीन प्रतिवादी कारागार चलान


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले चार दिनको अवधिमा तीन बहुविवाह मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले पछिल्ला चार दिनमा बहुविवाह मुद्दाका तीन फरार प्रतिवादी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी युवराज तिमिल्सिनाका अनुसार भीमाद नगरपालिका–५ बस्ने ३२ वर्षीया हरिमाया नेपालीलाई नौ वर्षपछि, ऋषिङ गाउँपालिका–२ गैराथोक बस्ने ३३ वर्षीय विनोद भन्ने धनबहादुर राना र ३६ वर्षीया नमूना राना ठकुरीलाई दुई वर्षपछि पक्राउ गरेको हो ।

भीमादकी हरिमायालाई जिल्ला अदालत तनहुँले विसं २०६८ असार २८ गते एक वर्ष छ महिना कैद र रु १५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

ऋषिङका धनबहादुर र नमूनालाई जिल्ला अदालतले विसं २०७५ असार २६ गते जनही एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । तीन जनालाई नै कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएकालाई धमाधम पक्राउ गरिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : ०८ बजे

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा