प्रदेश १ मा शनिबार थप ११२ जनामा संक्रमण पुष्टि « Khabarhub

प्रदेश १ मा शनिबार थप ११२ जनामा संक्रमण पुष्टि


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा शनिबार ११२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

संक्रमितमध्ये ३४ महिला, ७८ पुरुष छन् । थपिएका कोरोना संक्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, संखुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विराटनगरमा २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला १० र पुरुष ११ छन् । मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमा मोरङको कटहरीमा छ महिला, नौ पुरुष, पथरी शनिश्चरेमा सात पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, बेलबारी र सुनबर्सीमा एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, जिल्ला बाहिर सुनसरीको इटहरीमा दुई महिला र सात पुरुष, दुहवीमा तीन महिला र छ पुरुष, धरानमा दुई महिला र चार पुरुष, झापाको दमकमा सात महिला र नौ पुरुष, झापा गाउँपालिकामा एक महिला र दुई पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा एक महिला र १८ पुरुष, सङ्खुवासभाको खाँदबारीमा दुई पुरुष तथा प्रदेश बाहिरकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या तीन हजार २१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर नौ जना घर फर्केका छन् । घर फर्किनेमा झापा मेचीनगरको धाइजन आइसोलेसन केन्द्रका नौ जना छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एक हजार ५२५ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ७ : २३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क