विदेशी पर्यटकलाई मलेसियामा थप प्रतिवन्ध « Khabarhub

विदेशी पर्यटकलाई मलेसियामा थप प्रतिवन्ध


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ ।

कोरोनाभाइरसको महामारी फैलिएको  देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पुर्‍याइएको पनि उनीहरुले बताएका छन् ।

मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्वोधन गर्दै विश्वभरी नै कोरोना सङ्क्रमितहरुको संख्या बृद्धि भइरहेकाले अन्तरदेशीय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे  ।

उनले आफ्नै देशमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढीरहेकोले आन्तरिक सतर्कता पनि उत्तिकै बढाउनुपर्ने आवश्यकतामा जोड दिए । बेलामा सचेत नभएर लापर्वाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिए ।

मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने अरू १२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका  मुहिद्धिनले  बताए । नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताए ।

मलेसियामा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाईजर वा सावुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गरिरहनु पर्नेमा सवैले आह्वान गरिरहेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : १२ बजे

सिस्नु खानुका फाइदा

काठमाडौं – के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ?

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

काठमाडौँ – प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज

प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने विधेयकले न्यायालय तरंगित

काठमाडौँ- प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरूले चिन्ता

फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने

काठमाडौँ- नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै 

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री