आईपीएलः बेङ्ग्लोरको दोस्रो जित « Khabarhub

आईपीएलः बेङ्ग्लोरको दोस्रो जित


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो । सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए ।

कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा हार्दिक पाण्डयले १४ र क्विनटन डी कक १४ रनमा आउट भए । बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १÷१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले ।

डी भिलियर्सले अविजित रहदै ५५ अर्धशतकीय इनिङ्स खेले । यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए । शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्ने छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : ४३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका