ओमानले नेपाली कामदारको संख्या बढाउने « Khabarhub

ओमानले नेपाली कामदारको संख्या बढाउने



दोहा- ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइन बीच भेटवार्ता भएको छ ।

मन्त्री बिन अलि बाउइनको कार्यकक्षमा भेटमा राजदूत ढकालले नवनियुक्त श्रम मन्त्रीको रूपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई तथा शुभकामना दिएकी छन्।

मन्त्री डा.महद बिन सईद बिन अलि बाउइनले राजदूत ढकाललाई कार्यकक्षमा स्वागत गर्दै ओमानको परराष्ट्र नीति,श्रम नीति तथा जनशक्तिको अवस्था लगायत अब आउने दिनमा यहाँको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा जानकारी गराएका थिए ।

उनले नेपाली जनशक्तिबारे आफू जानकार रहेको बताउँदै श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए ।

मन्त्री अलि बाउइनले नेपालको आर्थिक तथा सामाजिक पक्षमा जिज्ञासा राख्दै नेपाली कामदारहरुको प्रशंसा गर्दै आगामी दिनमा ओमानमा नेपाली कामदारहरुको संख्या बढाउने गरि अझै बढी सहकार्य गर्न ईच्छुक रहेको बताएका थिए ।

राजदूत ढकालले नेपालको हालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराउँदै हाल नेपालले लिएको उद्देश्य “सुखि नेपाली सम्बृद्ध नेपाल” लाई कार्यान्वयन गर्न अख्तियार गरेका रणनीति एवं कार्ययोजनाहरुबारे जानकारी गराएकी थिइन् ।

ओमानमा रहेका नेपाली श्रमिकहरुको संख्या तथा अवस्थाबारेमा मन्त्री अलि बाउइनलाई अवगत गराउँदै सन् २०२०को शुरुमा नेपालको संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्धारा ओमान लगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमान सम्बन्धी प्रतिवेदनको बारेमा जानकारी गराएको राजदूत ढकालले बताइन् ।

साथै राजदूत ढकालले नेपाल र ओमान बीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिइन् । उक्त अवसरमा उनीहरुले नेपाल र ओमान बीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त भेटमा ओमानको श्रम मन्त्रालयको तर्फबाट पदाधिकारीहरु तथा दूतावासको तर्फबाट द्धितीय सचिव सोमेश थापा र श्रम सहचारी दिनेश ढकाल सहभागी रहेको थियो।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ३१ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना