आईपीएल : लयमा देखिएको दिल्लीलाई रोक्ला हैदरावादले ? | Khabarhub Khabarhub

आईपीएल : लयमा देखिएको दिल्लीलाई रोक्ला हैदरावादले ?


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (मंगलबार) दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको खेल हुँदैछ ।

शेख जियाद रंगशालामा हुने खेल नेपाली समय अनुसार पौने आठ बजे हुँदैछ । आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्स लगातार जीत हात पार्दै अंक तालिका अगाडि छ भने हैदरवाद धीमा गतिमा छ ।

यसअघि दुई खेलेको हैदरावादले दुवै खेलमा हार व्येहोरेको छ भने दिल्लीले दुवै खेलमा जीत निकाल्दै लय कायम गरेको छ ।

आजको खेलमा हैदरवाद आफु लयमा फर्किने योजनामा रहेको छ भने दिल्ली आफ्नो सुखद् यात्रा कायम राख्ने लक्ष्यमा छ ।

नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली यसअघिका सिजनमा सधै कमजोर टोलीका रुपमा गनिन्थ्यिो । तर, युवा र अनुभवि खेलाडीको सन्तुलित टोलीका रुपमा यो सिजनमा दिल्लीले राम्रो संकेत देखाएको छ ।

यद्यपी अहिलेसम्म जम्मा दुई खेल खेलेकाले अहिले नै बलियो वा कमजोर भनेर भने आक्न सक्ने अवस्था छैन् ।

दिल्लीको कप्तानी गरिरहेका श्रेयस ऐयरले गएको वर्ष दिल्लीलाई सेमिफाइनलसम्म पुर्याएका थिए । अहिलेसम्म आइपीएल उपाधि भने दिल्लीले हाप पार्न सकेको छैन् ।

दिल्लीको यसअघिको लगातार दुई जीत हात पार्दाका तिव्र गतिका बलर इशान्त शर्मा र रविन्द्र आश्विन हैदरावादविरुद्ध टिममा छैनन् । उनीहरुको अभाव खड्कीन सक्ने क्रिकेट जानकारको भनाई छ । तर, पनि कागिसो रबडाले तिव्र गतिको बलिङलाईनअप समाल्ने समाचारहरुमा विश्लेषण भइरहेको छ ।

अस्ट्रेलियन ब्याट्सम्यान डेबिड वार्नरले कप्तानी गरेको हैदारवादले यो सिजनमा राम्रो गर्न सकेको छैन । मध्यक्रममा अनुभवी खेलाडी नहुँदा कमजोर देखिएको विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ५ : ०१ बजे

दिल्लीमा शक्तिशाली विष्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौं – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत