चालकमा कोरोना, नगरपालिका सिल « Khabarhub

चालकमा कोरोना, नगरपालिका सिल


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ ।

आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो ।

आज बसेको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।

उनले भने, “सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकोले नगरक्षेत्र सिल गरिएको हो ।”

नगरपालिकाको गाडीको चालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्य र आकास्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए ।

सिल गरिएको अवधिमा नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहने भएका छन् ।

यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरुपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउनजान पनि रोक लगाइएको छ । मेलौलीमा हालसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्र सक्रिय सङ्क्रमित छन् ।

आज थप तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका दुई र दशरथचन्द नगरपालिकाका एक गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी, मेलौली नगरपालिका–८ का ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का ३६ वर्षीय पुरुष रहेका छन् ।

सङ्क्रमण पुष्टि हुने कर्मचारी नगरपालिकाको गाडीको चालक र अन्य दुई जना भारतबाट फर्किएका व्यक्ति रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । यो सँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ४०९ पुगेको छ । जसमध्ये हाल ३१ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । एक जनाको भने कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ ।

हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९, दोगडाकेदार गाउँपालिकाका ४६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ५ : ३१ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको