आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी « Khabarhub

आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ ।

महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालना गरी आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका हुन् । नजिकिएको दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या पनि थप्दैछन् ।

उडानको पहिलो साता उत्साहवद्र्धक रहेको कम्पनीले उल्लेख गरेका छन् । तुलनात्मक रुपमा हवाई सेवा महामारीबाट सुरक्षित र चाँडो हुने भएकाले पनि यात्रुको आकर्षण बढेको हो ।

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । शुरुआती चरणमा सातादिनसम्म सामान्य अवस्थाको उडानको तुलनामा १५ प्रतिशत मात्रै उडान गर्न पाउने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो ।

आगामी अक्टोबर १ तारिखदेखि आन्तरिक उडान सङ्ख्या बढाउने प्राधिकरणले तयारी गरेको छ । भदौ १६ देखि सञ्चालनमा आएको मुलुकको अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

आन्तरिक उडान सञ्चालन गरिरहेका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत उडान अकुपेन्सी उत्साहवद्र्धक छ ।

सातादिनको अवधिमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको कम्पनीले उल्लेख गरेका छन् । चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या बढाउन प्राधिकरणसमक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन् । प्राधिकरणले पनि हवाई व्यवसायीको मागबमोजिम उडान सङ्ख्या बढाउने निष्कर्षमा पुगेको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले आन्तरिक उडानको सङ्ख्या बढाउने प्राधिकरणले निर्णय गरिसकेको जानकारी दिए ।

यद्यपि, कुन एयरलाइन्सलाई कति उडान सङ्ख्या दिने भन्ने निर्णय हुने उनको भनाइ छ । सीमित सङ्ख्याको उडानमा पनि आन्तरिक वायुसेवा कम्पनीले सबै गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेका छन् । बुद्ध एयरले शुरुमा राजविराजबाहेक सबै गन्तव्यमा उडान गर्दै आएकामा अहिले राजविराजसहित सबै गन्तव्यमा उडान सञ्चालन गरिएको जनाएको छ ।

बुद्धले अहिले दैनिक २२ उडान गरिरहेको छ । कम्पनीले आगमन र प्रस्थान गरी ४४ उडान भर्दै आएको छ । अहिले भारतको बनारसबाहेक सबै गन्तव्यमा उडान गरिरहेका कम्पनीले जनाएको छ । सातामा १५ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको पनि कम्पनीले उल्लेख गरेको छ । बुद्धले सामान्य अवस्थामा दैनिक १०० उडान गर्ने गरेको थियो । कम्पनीले १३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

यस्तै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आफ्ना सबै आठ गन्तव्यमा उडान सञ्चालन गरिरहेको र ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती चरणमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको बताए । महामारीबाट जोखिन सुरक्षित र सुलभ यात्र हुने भएकाले पनि यात्रुको आकर्षण बढेको उनले उल्लेख गरे ।

यतीले अहिले दैनिक दुईतर्फी ३८ उडान गरिरहेको छ । कम्पनीले सामान्य अवस्थामा दुईतफी ८० वटासम्म उडान गर्ने गरेको थियो । उनका अनुसार नजिकिएको चाडपर्व र यात्रुको मागबमोजिम उडान सङ्ख्या बढाउन नियमित उडान अनुमतिका लागि प्राधिकरणसँग माग गरिएको छ । उडान पनि स्वीकृत भइसकेको छ । यतीले अहिले विराटनगर, पोखरा र भरतपुरमा समान दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिरहेको छ । यतीको भगिनी संस्था तारा एयरले दुर्गम क्षेत्रमा यात्रु तथा कार्गो उडान गरिरहेको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले कम्पनीको उडान उत्साहजन रहेको र उडान सङ्ख्या बढाउने अन्तिम प्रक्रियामा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ५ : ४५ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर