कफाला प्रणाली हटाउँदै साउदी सरकार, रोजगारदाता परिवर्तन गर्न श्रमिकलाई सहज हुने « Khabarhub

कफाला प्रणाली हटाउँदै साउदी सरकार, रोजगारदाता परिवर्तन गर्न श्रमिकलाई सहज हुने



दोहा- साउदी अरबले २०२१ मा कफाला प्रणाली हटाउने भएको छ ।

साउदीले आगामी वर्ष अर्थात सन् २०२१ को ६ महिना भित्रमा नै कफाला अन्त्य गर्ने जनाएको छ ।

साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले यसबारे आगामी साता औपचारिक घोषणा गर्ने जनाएको छ ।  अगामी साता रोजगारदाता र कामदारबीच सम्झौता सुधार सम्बन्धी घोषणा हुनेछ ।

सात दशकदेखि रहँदै आएको कफाला प्रणालीको अन्त्य भएपछि कामदारले काम गरिरहेको कम्पनी छाड्न मालिकको अनुमति आवश्यक पर्ने छैन । कम्पनी र श्रमिकबीच रोजगार करार सम्झौता हुनेछ ।

कफाला प्रणालीको खारेजी भएपछि नेपालीसहित आप्रवासी कामदारहरूलाई एक्जिट र पुनः प्रवेश भिसा सुरक्षित गर्ने, प्रायोजक बिना अन्तिम राहदानी निकास टिकट प्राप्त गर्ने र प्रायोजकको स्वीकृति बिना रोजगार पाउने स्वतन्त्रता प्राप्त गर्ने छन् ।

यसअघि साउदी अरेवियाले सन् २०२० को मार्चमा नै कफाला प्रणाली अन्त्यको घोषणा गर्ने तयारी गरेको थियो ।

तर, कोभिड-१९ को महामारी फैलिएसँगै सो घोषणामा ढिलाई भएको जनाइएको छ । यसबाट नेपालीसहित १० लाख भन्दा बढी आप्रवासी श्रमिकहरु लाभान्वित हुने जनाईएको छ ।

के हो कफाला प्रणाली ?

आप्रवासी कामदार सम्वन्धित मुलुकमा प्रवेश गर्ने वित्तिकै सम्पूर्ण आर्थिक तथा कानूनी अधिकार र दायित्व रोजगारदातामा रहेको हुन्छ ।

कामदारको भिसाको अवस्था रोजगारदातासँग आवद्ध हुन्छ । कामदारको काम, बसाई र आवत जावत पूर्णरुपमा रोजगारदाताले नियन्त्रण गर्छ।

कामदारले आफूखुसी काम वा कम्पनी परिवर्तन गर्न पाउँदैनन्। रोजगारदाताबाट एक्जिट भिसा नपाएसम्म मुलुक छाड्न पाउँदैनन्।

यी हुन् कफाला प्रणालीमा रोजगारदातालाई दिइएको अधिकार

  • रोजगारदाताले कामदारको राहदानीसमेत आफै राख्न पाउँछ।
  • रोजगारदाताले नचाहेसम्म करार अवधि नसकिएको अवस्थामा काम छाड्न, रोजगारदाता परिवर्तन गर्न वा मुलुक छाड्न पाइँदैन।
  • रोजगारदाताले कामदारको रेसिडेण्ट परमिट (अकामा) बनाइदिन पर्ने, स्वास्थ्य वीमा गराइ दिनपर्ने र करारमा उल्लेख भए बमोजिम तलब, अतिरिक्त समय काम तथा आवास उपलब्ध गराउनुपर्ने दायित्व हुन्छ।

कफला पद्धतिमा कामदार रोजगारदाताको कानूनीरुपमै पूर्ण नियन्त्रणमा हुन्छ । यसैले कामदारले निम्न कुरा गर्न मिल्दैन :

  • काम मन परेन, गारो भयो, शारीरिकरुपमै काम गर्न सकिन भन्दै काम छाड्न पाइदैन।
  • रोजगारदाताले नचाहेसम्म काम परिवर्तन, कम्पनी वा स्पोन्सोर परिवर्तन गर्न पाइँदैन।
  • रोजगारदाताले एक्जिट भिसा नलगाएसम्म मुलुक छाड्न पाइँदैन
  • मृत्यु भएको अवस्थामा पनि रोजगारदाताले एक्जिट भिसा नलगाएसम्म शव स्वदेश जाँदैन।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १२ : ४० बजे

हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा – मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे