कफाला प्रणाली हटाउँदै साउदी सरकार, रोजगारदाता परिवर्तन गर्न श्रमिकलाई सहज हुने « Khabarhub

कफाला प्रणाली हटाउँदै साउदी सरकार, रोजगारदाता परिवर्तन गर्न श्रमिकलाई सहज हुने



दोहा- साउदी अरबले २०२१ मा कफाला प्रणाली हटाउने भएको छ ।

साउदीले आगामी वर्ष अर्थात सन् २०२१ को ६ महिना भित्रमा नै कफाला अन्त्य गर्ने जनाएको छ ।

साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले यसबारे आगामी साता औपचारिक घोषणा गर्ने जनाएको छ ।  अगामी साता रोजगारदाता र कामदारबीच सम्झौता सुधार सम्बन्धी घोषणा हुनेछ ।

सात दशकदेखि रहँदै आएको कफाला प्रणालीको अन्त्य भएपछि कामदारले काम गरिरहेको कम्पनी छाड्न मालिकको अनुमति आवश्यक पर्ने छैन । कम्पनी र श्रमिकबीच रोजगार करार सम्झौता हुनेछ ।

कफाला प्रणालीको खारेजी भएपछि नेपालीसहित आप्रवासी कामदारहरूलाई एक्जिट र पुनः प्रवेश भिसा सुरक्षित गर्ने, प्रायोजक बिना अन्तिम राहदानी निकास टिकट प्राप्त गर्ने र प्रायोजकको स्वीकृति बिना रोजगार पाउने स्वतन्त्रता प्राप्त गर्ने छन् ।

यसअघि साउदी अरेवियाले सन् २०२० को मार्चमा नै कफाला प्रणाली अन्त्यको घोषणा गर्ने तयारी गरेको थियो ।

तर, कोभिड-१९ को महामारी फैलिएसँगै सो घोषणामा ढिलाई भएको जनाइएको छ । यसबाट नेपालीसहित १० लाख भन्दा बढी आप्रवासी श्रमिकहरु लाभान्वित हुने जनाईएको छ ।

के हो कफाला प्रणाली ?

आप्रवासी कामदार सम्वन्धित मुलुकमा प्रवेश गर्ने वित्तिकै सम्पूर्ण आर्थिक तथा कानूनी अधिकार र दायित्व रोजगारदातामा रहेको हुन्छ ।

कामदारको भिसाको अवस्था रोजगारदातासँग आवद्ध हुन्छ । कामदारको काम, बसाई र आवत जावत पूर्णरुपमा रोजगारदाताले नियन्त्रण गर्छ।

कामदारले आफूखुसी काम वा कम्पनी परिवर्तन गर्न पाउँदैनन्। रोजगारदाताबाट एक्जिट भिसा नपाएसम्म मुलुक छाड्न पाउँदैनन्।

यी हुन् कफाला प्रणालीमा रोजगारदातालाई दिइएको अधिकार

  • रोजगारदाताले कामदारको राहदानीसमेत आफै राख्न पाउँछ।
  • रोजगारदाताले नचाहेसम्म करार अवधि नसकिएको अवस्थामा काम छाड्न, रोजगारदाता परिवर्तन गर्न वा मुलुक छाड्न पाइँदैन।
  • रोजगारदाताले कामदारको रेसिडेण्ट परमिट (अकामा) बनाइदिन पर्ने, स्वास्थ्य वीमा गराइ दिनपर्ने र करारमा उल्लेख भए बमोजिम तलब, अतिरिक्त समय काम तथा आवास उपलब्ध गराउनुपर्ने दायित्व हुन्छ।

कफला पद्धतिमा कामदार रोजगारदाताको कानूनीरुपमै पूर्ण नियन्त्रणमा हुन्छ । यसैले कामदारले निम्न कुरा गर्न मिल्दैन :

  • काम मन परेन, गारो भयो, शारीरिकरुपमै काम गर्न सकिन भन्दै काम छाड्न पाइदैन।
  • रोजगारदाताले नचाहेसम्म काम परिवर्तन, कम्पनी वा स्पोन्सोर परिवर्तन गर्न पाइँदैन।
  • रोजगारदाताले एक्जिट भिसा नलगाएसम्म मुलुक छाड्न पाइँदैन
  • मृत्यु भएको अवस्थामा पनि रोजगारदाताले एक्जिट भिसा नलगाएसम्म शव स्वदेश जाँदैन।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १२ : ४० बजे

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता