तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ « Khabarhub

तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो ।

विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन् ।

उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त खसीको मूल्य भने निकै महङ्गो भएकाले स्थानीय बासिन्दाले किन्न सकेनन् ।

उनीहरुले आफ्नै खेतबारीमा रोपेका अन्न बालिनालीको बलि दिएर दशैँ मनाइएको सिमकोट गाउँपालिका–७ निवासी जोखे सुनारले बताए ।

स्वास्थ्य सेवा सञ्चालनमा

हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाड गाउँपालिका–५ गोठी गाउँकी २१ वर्षीया किशोरी शाहीलाई कोरोना सङ्क्रमण देखिएको थियो ।

त्यसलगतै विद्युत् कार्यालयका तीन जना, सशस्त्रका दुई जना, ताँजाकोट गाउँपालिकाका एक शिक्षक र स्वास्थ्य सेवा कार्यालय सिमकोटकी एक अनमी गरी जम्मा ८ जनालाई कोरोना सङ्क्रमण देखिएपछि विद्युत् कार्यालय र स्वास्थ्य सेवा कार्यालयमा घेरा बन्दी गरिएको थियो ।

यही कात्तिक ३ गतेदेखि १२ गतेसम्म बन्द रहेको स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा आएको स्वास्थ्य सेवाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  २ : ३५ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार