कोतघरमा अजङ्गका खुँडा, तरवार र खुकुरी « Khabarhub

कोतघरमा अजङ्गका खुँडा, तरवार र खुकुरी


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बागलुङ– चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ ।

दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो । हेर्दै अजङ्गका खुकुरी सात फिट अग्ला छन् भने खुँडा र तरवार झण्डै नौ फिट ।

गलकोट नगरपालिकाको कोतघर संरक्षण योजनाअन्तर्गत ऐतिहासिक र सांस्कृतिक महत्वका हातहतियार सङ्ग्रह गरिएको हो । वडा नं. ३ स्थित कोतघर जीर्णोद्धार र संरक्षणलाई नगरले गत आवमा गौरवको योजनामा समेटेको थियो ।

विधिपूर्वक पूजापाठ गरी हतियार भित्र्याइएको कोतघर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर खत्रीले बताए ।

अनुभवी कालिगड मनबहादुर सिर्पालीले हतियार बनाएका हुन् । ढोरपाटन नगरपालिकामा विकको ‘बुर्तिबाङ आरन सेवा’ छ । चारवटै हतियार तयार गर्न तीन महिनाभन्दा बढी समय लागेको उनले बताए । “यति ठूला हतियार बनाएको यो नै पहिलोपटक हो”, कालिगड सिर्पालीले भने ।

यसअघि विकले मेला, महोत्सवमा विक्रीका लागि डुलाउने गरेको रु एक लाख ११ हजार मूल्य पर्ने ४२ किलोको खुकुरीले निकै चर्चा पाएको थियो ।

चार लाख ६५ हजारमा सबै हतियार कोतघर व्यवस्थापन समितिलाई उपलब्ध गराएको कालिगड सिर्पालीले बताए । हतियार बनाउँदा विकसहित अरू सहयोगी पनि खटेका थिए ।

वडाध्यक्ष वीरजङ्ग भण्डारीले ऐतिहासिक कोतघरको महिमा झल्काउन प्रतिकात्मक रुपमा पुरानै स्वरुपका हतियार बनाएर राखिएको बताए । “भावी पुस्ताले पनि कोतघरको महत्वबारे बुझोस्, गरिमा थप बढोस् भन्ने उद्देश्य हो”, उनले भने।

कोतघरमा पुरानै भाला, खुँडा, खुकुरीलगायतका हातहतियार पनि छन् ।

कोतघरको वृहत्तर विकास गरी आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । हालै विधिवत रुपमा कोतघर व्यवस्थापन समिति दर्ता गरी जीर्णोद्धारको कामलाई गति दिइएको वडाध्यक्ष भण्डारीको भनाइ छ ।

कोतघरका लागि नगरको रु ५० लाख बजेट छ । पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोद्धार गरिने छ ।

त्यसका लागि गुरुयोजना निर्माणको काम अगाडि बढेको जनाइएको छ । जग्गा व्यवस्थापन, घेराबारलगायत पूर्वाधार तयारीको काम सकिएको छ । कोतघरले झण्डै सात रोपनी सार्वजनिक जग्गा चर्चेको छ । संरचना बनाउँदा अपुग हुने जग्गा किनेरै भए पनि थप्ने योजना छ ।

कोतघरसँगै रहेका इष्टदेवी र भगवतीको मन्दिरसमेत जीर्णोद्धार गरिने छ । तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए ।

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले कोतघर निर्माण गरेका थिए । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भएको छ । कोतघरका झ्याल, ढोका भने पुरानै छन् । जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने चुनौती छ । मन्दिरमा अहिले पनि बडादशैँ र चैते दशैँमा विशेष पूजा हुन्छ ।

चैत्राष्टमीमा त कोतघरमा मेलै लाग्छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले कोतघर जिल्लाकै ऐतिहासिक धरोहर भएको उल्लेख गरे । उनले कोतघरको विकासमा जस्तो सुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख छ । गोलो पहाडको टाकुरामा दरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंस हुँदै पछि गलकोट भएको बताइन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  २ : ४९ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई