एक्लाएक्लै भेटवार्ता छाडेर बैठकबाट निकास खोज्न ओलीलाई प्रचण्डको सन्देश « Khabarhub

एक्लाएक्लै भेटवार्ता छाडेर बैठकबाट निकास खोज्न ओलीलाई प्रचण्डको सन्देश


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । शीर्ष नेताहरुबीच कुरा नमिल्दा केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको छ भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता पनि पातलिएको छ ।

अहिले दुई अध्यक्षले भेटवार्ता गरेका छैनन् । यसअघि आपसी छलफलका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्थे भने अहिले झण्डै १० दिनदेखि प्रचण्डले ओलीलाई भेटेका छैनन् ।

भेटघाट नभएपनि दुवै अध्यक्षबीच सन्देश आदानप्रदान भने भइरहेको सचिवालयले जनाएको छ । दुवै अध्यक्षले दोस्रो तहका नेतामार्फत सन्देश आदानप्रदान गरिरहेका छन् । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलमार्फत दुई अध्यक्षबीचको सन्देश आदान प्रदान चलिरहेको छ ।

ओलीले छलफल नै नगरी मन्त्रिपरिषद विस्तार गरेको, पार्टीका आन्तरिक गतिविधिमा परामर्श नगर्ने गरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेपछि ओलीले छलफल गर्न प्रचण्डलाई बोलाएका थिए ।

प्रचण्डलाई भेटवार्ताका लागि बोलाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिहीबार बिहान प्रचण्ड निवास पुगेका थिए । उनले प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए ।

प्रचण्डले ओलीसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।

त्यस्तै प्रचण्डले एक्लाएक्लै भेटवार्ताको अर्थ नभएको भन्दै बैठकबाट निकास खोज्ने प्रधानमन्त्रीलाई सन्देश पठाएको सचिवालयले जनाएको छ ।

उनले पार्टीको आन्तरिक गतिविधिदेखि रअ प्रकरण तथा पर्सा घटनालगायतका विषय टु‌ग्याउन सामूहिक निर्णय लिनुपर्ने बताएका थिए ।

भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा विपरित ओलीले बालुवाटारमा भेटवार्ता गरेको भन्दै नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।

त्यसअघि कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, विभिन्न देशमा राजदूत नियुक्तिलगायतका कुराले बिवाद बढेको थियो ।

पछिल्लो समय पर्सामा नेकपाका एक स्थानीय नेताको हत्या प्रकरणले पनि पार्टीमा समस्या निम्तिएको छ । राजनीतिक दबाबमा प्रहरीले घटनामा संलग्नविरुद्धको जाहेरी लिन मानेको छैन ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ३ : ०९ बजे

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल