प्रदेश १ मा थपिए १३४ कोरोना संक्रमित « Khabarhub

प्रदेश १ मा थपिए १३४ कोरोना संक्रमित


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ मा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४४२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ। मन्त्रालयका अनुसार बिहीवार सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १/१ जना कोरोना संक्रमित भएका छन्।

त्यस्तै, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, झापाको भद्रपुर र विर्तामोडमा ८/८, मेचीनगर र कनकाईमा ३/३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जनामा पनि बिहीवार नै कोरोना संक्रमण पुष्टि भएको छ। तेथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीवार ७० जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा हालसम्म १० हजार १७९ जना कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ७ : २३ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं