कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने « Khabarhub

कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा रोजगारी परिवर्तन गर्नको लागि आवेदन बुझाउँदा कामदारले आफ्नो राजीनामाको प्रतिलिपि पनि संलग्न गर्नु पर्ने भएको छ ।

यस्तै कामदारले रोजगारी परिवर्तन गर्न खोजेको नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि आवश्यक पर्ने कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक सचिव मोहम्मद हसन अल ओबैदलीका अनुसार आवेदन प्राप्त भएपछि मन्त्रालयले रोजगारदाता कम्पनी र कामदारलाई म्यासेज पठाउने तथा कामदारले कम्पनी परिवर्तन गर्न लागेको बारेमा जानकारी दिनेछ ।

मन्त्रालयबाट आएको पहिलो म्यासेजले निवेदन स्वीकृत भएको नजनाउने पनि उनले प्रष्ट्याएका छन् ।

अन्तिम काम नभएसम्म कामदारलाई रोजगारदाताले कम्पनीमै राख्नु पर्ने जनाईएको छ ।

कम्पनी परिवर्तन गर्न दुई वर्ष वा सो भन्दा बढी काम गरिसकेको कामदारले दुई महिना सूचना अवधि र दुई महिना भन्दा कम अवधिमा एक महिना सेवा गर्नुपर्नेछ।

रोजगारदाता र कामदारका लागि रोजगार सम्झौताको पालना गर्नु अनिवार्य भएको उनले बताए । रोजागारी दिने र पाउने दुबै पक्षहरूको एक अर्काको दायित्व र अधिकार विर्सन नहुने पनि ओबैडलीले बताए ।

यदि कुनै कामदारले रोजगार सम्झौता वा श्रम कानूनको प्रावधानको उल्लंघन गरेर देश छोडे भने एक वर्ष कतार फर्कन नपाउने उनले प्रष्ट्याए ।

अहिले कतारले नो अब्जेक्सन लेटर बिनै कम्पनी परिवर्तन गर्न सक्ने नियम लागू गरिसकेको छ ।

यसअघि राजीनामा पत्रबारे केही उल्लेख गरिएको थिएन ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ५२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज