धाँधलीको आरोपमा ट्रम्पले हालेको हुलाक मतको मुद्दा सर्वोच्चबाट खारेज « Khabarhub

धाँधलीको आरोपमा ट्रम्पले हालेको हुलाक मतको मुद्दा सर्वोच्चबाट खारेज


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरेको छ ।

त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो ।

राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्।

पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन-७७ लाई चुनौती दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो ।

यो ऐनलाई चुनौती दिने मुद्दा ऐन आएको एक वर्षपछिमात्र दायर गरिएको र चुनौती दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधीशहरुले फैसला गरेका हुन् ।

गत नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन राष्ट्रपति निर्वाचित भइसकेका छन् । तर, ट्रम्पले उनको जितलाई अझै स्वीकार गरेका छैनन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ४२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका