१३ औँ दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक « Khabarhub

१३ औँ दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक



काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण एक वर्षपछि सार्वजनिक गरिएको छ ।

राखेप परिसरमा पत्रकार सम्मेलन गरी राखेपले सागमा १ अर्ब ३७ करोड ७८ करोड ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको जनाएको छ ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले सागमा पूर्वाधार निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ लाख ९७३ खर्च भएको बताएका छन् ।

सागको खर्च विववरण समयमा सार्वजनिक गर्न नसक्नुका पछाडि काठमाडौँ पोखरा र जनकपुरबाट हिसाबकिताब समयमा प्राप्त नहुनुलाई मानेका छन् ।

राखेपले साग खर्चका लागि सरकारबाट प्राप्त रकममध्येबाट जोगिएको १ अर्ब ६६ करोड फिर्ता गरेको बताइएको छ ।

साग आयोजनामा राखेपले काठमाडौँ, पोखरा र जनकपुर सचिवालयको खर्च छुट्टा छुट्टै र विभिन्न समिति तथा उपसमितिहरुले गरेको खर्चका शीर्षक छुट्याएर राखिएको छ ।

यस्तै, राखेपले आम्दानीका स्रोतमा सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागि राष्ट्रबाट प्राप्तभन्दै चार शीर्षक छुट्याएको छ ।

जसबाट १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ छ ।

उक्तविवरण मध्ये ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैया बैंकमा रहेको र १ करोड ९३ लाख ८० हजार २२४ रुपैया फ्रिज भएको सागको खर्च विवरण सार्वजनिक गर्दै राखेप सदस्यसचिव सिलवालले बताएका छन् ।

यस्तै, साग आयोजना पूर्व गठित समितिले सागमा ३ अर्बभन्दा बढी बजेट खर्च हुने अनुमान गरेको थियो । तर, सदस्यसचिव सिलवालले त्यसको झण्डै आधामा साग आयोजना गरेको स्पष्ट पारेका छन् ।

राखेपले १३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागि राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरेको जनाएको छ ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी २०७ पदक जितेको थियो ।

उनले अनुमानित रकम गलत नभएको तर, विभिन्न शीर्षकको खर्च कटौती गर्दै प्रतियोगिता आयोजना गर्दा कम खर्च भएको बताएका छन् ।

‘खर्च अनुमान गर्दा शीर्षक फरक–फरक थियो । जस्तै, खेलाडीले अभ्यास गर्दा इलेक्टिानिक डिभाइस प्रयोग गर्ने, ओपनिङ र समापन अझै भव्य गर्ने भन्ने थियो । त्यसमा पनि शीर्षक घटायौं, सुरक्षाको खर्चमा पनि घटायौं,’ सदस्यसचिव सिलवालले भने ।

सदस्यसचिव सिलवालले साग आयोजनाका क्रममा भएका विभिन्न शीर्षकका भत्ता समेत आफुले नलिइ यसैमा राखेको बताएका छन् । आफुले मात्रै नभइ अरु कर्मचारी र पदाधिकारीहरुले समेत त्यस्तो गरेको उनले पत्रकार सम्मेलनमा बताएका छन् । त्यो पनि खर्च कम हुनुको कारण रहेको उनले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  २ : २४ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको