प्रधानमन्त्री ओलीको प्रतिवेदन निकास दिने खालको भएन : नेता साह « Khabarhub

प्रधानमन्त्री ओलीको प्रतिवेदन निकास दिने खालको भएन : नेता साह


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको प्रतिवेदनले थप जटिलता सिर्जना गर्ने बताएका छन् ।

केन्द्रीय सदस्य समेत रहेका प्रदेश अध्यक्ष साहले अध्यक्ष ओलीको प्रतिवेदन निकास दिने किसिमको नभएको टिप्पणी गरेका हुन् ।

प्रमुख नेतृत्व भएको नाताले नयाँ दिशाबोधसहित निकास दिने प्रतिवेदन आउने सर्वअपेक्षा विपरीत आरोप-प्रत्यारोप जस्तो भएकोले अध्यक्ष ओलीको भूमिका सम्हाल्ने हुनुपर्नेमा ‘झगडिया’को जस्तो देखिएको साहको तर्क छ ।

‘कमरेड केपी ओली पार्टीको मुख्य नेतृत्व हुनुहुन्छ । उहाँले पार्टीलाई निकास दिनुपर्ने हो, समग्र पार्टी पङ्क्तिलाई एउटा दिशा दिनुपर्ने हो । तर सचिवालय बैठकमा उहाँले जुन प्रस्ताव पेश गर्नुभयो त्यो वर्तमान पार्टीको असहज एवं संक्रमणकालीन अवस्थालाई ख्याल नै नगरी आएको जस्तो लाग्यो’ साहले भने, ‘अहिले द्वन्द हैन एकता चाहिएको छ, द्वन्द बढ़ाउने कुनै प्रस्ताव सही हुन सक्दैन । यी प्रतिवेदनलाई जस्ताको त्यस्तै अगाड़ी बढ़ाउनुको सट्टा दुईटै प्रतिवेदनको सकारात्मक पक्षलाई मिलाएर एउटा प्रतिवेदन बनाएर मात्र तल छलफलमा लानुपर्छ ।’

नेता साहले अहिले नेतृत्व तहमा सहमति कायम गरी पार्टीलाई सहि दिशामा लैजानुको विकल्प नभएको बताए । यस अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफको रूपमा शनिवारको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : ५२ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका