प्रधानमन्त्री ओलीको प्रतिवेदन निकास दिने खालको भएन : नेता साह « Khabarhub

प्रधानमन्त्री ओलीको प्रतिवेदन निकास दिने खालको भएन : नेता साह


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको प्रतिवेदनले थप जटिलता सिर्जना गर्ने बताएका छन् ।

केन्द्रीय सदस्य समेत रहेका प्रदेश अध्यक्ष साहले अध्यक्ष ओलीको प्रतिवेदन निकास दिने किसिमको नभएको टिप्पणी गरेका हुन् ।

प्रमुख नेतृत्व भएको नाताले नयाँ दिशाबोधसहित निकास दिने प्रतिवेदन आउने सर्वअपेक्षा विपरीत आरोप-प्रत्यारोप जस्तो भएकोले अध्यक्ष ओलीको भूमिका सम्हाल्ने हुनुपर्नेमा ‘झगडिया’को जस्तो देखिएको साहको तर्क छ ।

‘कमरेड केपी ओली पार्टीको मुख्य नेतृत्व हुनुहुन्छ । उहाँले पार्टीलाई निकास दिनुपर्ने हो, समग्र पार्टी पङ्क्तिलाई एउटा दिशा दिनुपर्ने हो । तर सचिवालय बैठकमा उहाँले जुन प्रस्ताव पेश गर्नुभयो त्यो वर्तमान पार्टीको असहज एवं संक्रमणकालीन अवस्थालाई ख्याल नै नगरी आएको जस्तो लाग्यो’ साहले भने, ‘अहिले द्वन्द हैन एकता चाहिएको छ, द्वन्द बढ़ाउने कुनै प्रस्ताव सही हुन सक्दैन । यी प्रतिवेदनलाई जस्ताको त्यस्तै अगाड़ी बढ़ाउनुको सट्टा दुईटै प्रतिवेदनको सकारात्मक पक्षलाई मिलाएर एउटा प्रतिवेदन बनाएर मात्र तल छलफलमा लानुपर्छ ।’

नेता साहले अहिले नेतृत्व तहमा सहमति कायम गरी पार्टीलाई सहि दिशामा लैजानुको विकल्प नभएको बताए । यस अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफको रूपमा शनिवारको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : ५२ बजे

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै

नेपालको आँखा स्वास्थ्य सेवामा फड्को: ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौं– नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित

काभ्रेको नदी तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै

काभ्रे– वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको सुकुमवासी होल्डिङ