पेट्रोल ट्यांकरमा ‘फल्स चेम्बर’ बनाई इन्धन चोरी गर्ने २ पक्राउ « Khabarhub

पेट्रोल ट्यांकरमा ‘फल्स चेम्बर’ बनाई इन्धन चोरी गर्ने २ पक्राउ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोल ट्यांकरमा ‘फल्स चेम्बर’ बनाई इन्धन चोरी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा जिल्ला साविक अमलेखगञ्ज-६ स्थायी ठेगाना भई हाल जितपुर सिमरा-२१ बस्ने ३५ वर्षीय अजय लामा र विकेश लामा छन्। उनीहरू दुवै जनालाई काठमाडौंको महाराजञ्ज क्षेत्रबाट ब्युरोको टोलीले मंसिर ११ गते पक्राउ गरेको हो।

इण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरमा फल्स चेम्बर बनाई उनीहरूले इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोप लागेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन्।

यो पनि पढौं

ट्यांकरभित्र ‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, १५ लाख जरिवाना 

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : २० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका