दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु | Khabarhub Khabarhub

दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ दिल्लीमा चालकरहित मेट्रो रेल सेवा सुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले चालकरहित मेट्रो रेल सेवा सुरू गरेका हुन् ।

प्रधानमन्त्री मोदीले सोमबार भारतको पहिलो चालकरहित मेट्रोलाई हरियो झण्डा देखाउँदै उद्घाटन गरेका हुन्।

यो सेवा पहिलो चरणमा ३८ किलोमिटर चल्नेछ। ३ सय ९० किलोमिटरमा फैलिएको दिल्लीको मेट्रो सेवाले आसपासका नोएडा, गुरूग्राम, फरीदाबाद, गाजियाबाद जस्ता शहरहरूलाई जोड्छ।

दिल्लीको मेट्रो भारतकै सबैभन्दा ठूलो मेट्रो सेवा हो। सन् २००२ बाट सुरू भएको मेट्रो सेवालाई पछिल्लोपटक चालकरहित बनाउन कानुनसमेत संशोधन गरिएको छ। यसअघि कानुनमा चालकरहित रेल सेवाको प्रावधान थिएन।

चालकरहित सेवा सुरू गरिएको जनाइए पनि हालका लागि मेट्रो अपरेटर रहनेछन्।

केही समयपछि मेट्रोमा हुनसक्ने हरप्रकारका गडबडीलाई पहिचान गर्ने क्यामरा जडान गर्ने काम सकिएपछि भने मेट्रोबाट अपरेटरलाई हटाइनेछ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ९ : ४५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको