दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु « Khabarhub

दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ दिल्लीमा चालकरहित मेट्रो रेल सेवा सुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले चालकरहित मेट्रो रेल सेवा सुरू गरेका हुन् ।

प्रधानमन्त्री मोदीले सोमबार भारतको पहिलो चालकरहित मेट्रोलाई हरियो झण्डा देखाउँदै उद्घाटन गरेका हुन्।

यो सेवा पहिलो चरणमा ३८ किलोमिटर चल्नेछ। ३ सय ९० किलोमिटरमा फैलिएको दिल्लीको मेट्रो सेवाले आसपासका नोएडा, गुरूग्राम, फरीदाबाद, गाजियाबाद जस्ता शहरहरूलाई जोड्छ।

दिल्लीको मेट्रो भारतकै सबैभन्दा ठूलो मेट्रो सेवा हो। सन् २००२ बाट सुरू भएको मेट्रो सेवालाई पछिल्लोपटक चालकरहित बनाउन कानुनसमेत संशोधन गरिएको छ। यसअघि कानुनमा चालकरहित रेल सेवाको प्रावधान थिएन।

चालकरहित सेवा सुरू गरिएको जनाइए पनि हालका लागि मेट्रो अपरेटर रहनेछन्।

केही समयपछि मेट्रोमा हुनसक्ने हरप्रकारका गडबडीलाई पहिचान गर्ने क्यामरा जडान गर्ने काम सकिएपछि भने मेट्रोबाट अपरेटरलाई हटाइनेछ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ९ : ४५ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२