फूल लाग्ने बेला असिना परेपछि सुन्तला उत्पादनमा कमी « Khabarhub

फूल लाग्ने बेला असिना परेपछि सुन्तला उत्पादनमा कमी


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो ।

गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

नवलपुरमा यस वर्ष करिब २० हजार टन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा २२ हजार ३८ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा करिब १० प्रतिशतले कमी आएको शर्माले जानकारी दिए । यस वर्ष सुन्तला बिक्रीबाट करिब रु आठ करोडको कारोवार हुने अनुमान गरिएको छ ।

गत वर्ष जिल्लामा सुन्तला बिक्रीबाट रु नौ करोड आम्दानी भएको थियो । गत वर्ष किसानले थोक मूल्य सरदर रु ३० देखि ४० प्रतिकिलो मूल्यमा बिक्री गरेका थिए । यस वर्ष सुन्तलाको मूल्यमा खासै गिरावट आएको छैन । यस वर्ष सरदर रु ५० देखि ६० प्रतिकिलो किसानले थोकमा बिक्री गरिरहेको शर्माले जानकारी दिए । मूल्यमा यस वर्ष वृद्धि भएकाले उत्पादनमा कमी आए पनि आम्दानीमा भने धेरै फरक नआएको उनको भनाइ छ ।

जिल्लाको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, व्यावसायीकरण गराउनका लागि यहाँ आर्थिक वर्ष २०७५/७६ बाट १० वर्षे जोन परियोजना शुरु भएको हो ।

बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको ४, ५ र ६ नं वडा, देवचुली नगरपालिका–६, गैँडाकोट नगरपालिका–१८ र हुप्सेकोट गाउँपालिका–५ मा कार्यक्रम लागू भएको छ । पाँच सय ३१ हेक्टर क्षेत्रफलमा यहाँ सुन्तला जात फलफूल खेतीको बगैँचा रहेको भए पनि उत्पादनशील क्षेत्रफल भने १८१ हेक्टर मात्रै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख शर्माले बताए ।

परियोजनाअन्तर्गत समूह, सहकारीको विवरण अद्यावधिक गर्ने, बगैँचा व्यवस्थापन गर्ने, १०० हेक्टर क्षेत्रफल विस्तार गर्ने, सिँचाइ र गोठ सुधारका कार्यक्रम भइरहेको छ । अहिले जिल्लाको दुई स्थानमा सुन्तला र कागतीको नर्सरी निर्माणको कामसमेत थालनी गरिएको छ ।

सुन्तला र कागतीका बिरुवा अन्यत्रबाट ल्याउनुपर्दा बिरुवा मर्ने, लागत महङ्गो पर्ने गरेकाले यस वर्षबाट जिल्लाको मध्यविन्दुमा कागती नर्सरी र बौदीकालीमा सुन्तलाको नर्सरी निर्माण शुरु गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : ३० बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००