चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ  बरामद | Khabarhub Khabarhub

चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ  बरामद


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा- संखुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ ।

प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।

चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो ।

प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच थान मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो ।

त्यस्तै टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

आइतबार मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भीडन्त भएको थियो ।

भीडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । जिल्ला सेक्रेटरी उत्तरकुमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्ध फायर खोलेपछि भिडन्त भएको थियो ।

मैदाने भौगोलिकरूपमा विटकसँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सिमाना नजिकै पर्दछ । भीडन्तका क्रममा प्रहरीले दुई राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले छ राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ ।

मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ । भीडन्तपछि जङ्गलतिर भागेका चन्द समूहका कार्यकताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गत मङ्सिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भीडन्त भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : ११ बजे

किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यति

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’

भोजपुर–  पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला

दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला

पर्सामा छठ घाट सजाइयो

वीरगञ्ज– छठ पर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती– लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो