नेकपाको दाहाल-नेपाल समूहका नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुने क्रम सुरू « Khabarhub

नेकपाको दाहाल-नेपाल समूहका नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुने क्रम सुरू


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूह प्रतिनिधिसभा विघटनविरूद्ध सडक संघर्षमा उत्रिएका छन् ।

पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दै छ ।

प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । काठमाडौँमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

दाहाल-नेपाल समूहले काठमाडौँ उपत्यकामा मात्रै ५० हजार कार्यकर्ता उतार्ने तयारी स्वरूप टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस  केन्द्रीय नेताहरूकै नेतृत्वमा जुलुस निकाल्दै छ। ती क्षेत्रबाट अहिले भृकुटीमण्डपमा नेता कार्यकर्ता भेला हुने क्रम सुरू भएको छ ।

स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली, वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहरा लगायतका नेतृत्वमा कार्यकर्ता भेला हुन थालेका हुन् ।

 

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।

सो समूहले विरोध सभाका लागि भन्दै सडकको बीच भागमा नै मञ्च बनाएपछि बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ०० बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी