नेकपा नामकाविरूद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित « Khabarhub

नेकपा नामकाविरूद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ ।

ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले ओली-दाहाल समूहलाई दिएको नामकाविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ पेशी चढेर पनि स्थगित भएको हो ।

पटक-पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर, सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेको जनाइएको छ ।

मुद्दा पक्षको कानून व्यवसायी बीपी पौडेललाई मातृ शोक परेर  सुनुवाइ स्थगन भएको अध्यक्ष कट्टेलले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : २१ बजे

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर