काठमाडौं उपत्यकामा थपिए ३९८ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३९८ कोरोना संक्रमित 


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा मात्र हालसम्म ९६ हजार ७८५ जना संक्रमित भएका छन्, जसमध्ये ४६९ जनाको मृत्यु भएको छ भने ९३ हजार ३७४ सय जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म १५ हजार १६९ जना संक्रमित भएका छन्। जसमा १४६ जना संक्रमितको मृत्यु भएको छ भने १४ हजार ६५९ जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा  हालसम्म ८ हजार ८२५ जना संक्रमित भएका छन् । जसमा १०० जनाको मृत्यु भएको छ भने ८ हजार ५६० जना निको भएका छन्।

हाल काठमाडौंमा २ हजार ९४२, ललितपुरमा ३६४ र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : ३९ बजे

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर