२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको जानकारी दिएको छ । जसमा गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा उदयपुरमा एक, झापाका ४, भोजपुरमा एक, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश २ मा ३ जना संक्रमित थपिएका छन् । जसमा धनुषाका २ जना र रौतहटका एक जना थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टाको अवधिमा वाग्मती प्रदेशमा ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३२४, काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एक, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जना थपिएका हुन ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमा कास्कीमा १९, गोरखामा एक, तनहुँमा एक, नवलपरासी पूर्वमा ५ र लमजुङमा एक जना थपिएका हुन ।

त्यसैगरी लुम्बिनी प्रदेशमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा एक, रुपन्देहीमा ३७ र रोल्पामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी कर्णाली प्रदेशमा ८ जनामा संक्रमित थपिएका छन् । जसमा जाजरकोटका एक र सुर्खेतका ७ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा अछाममा एकजना, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जना संक्रमित थपिएका हुन ।

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : ५० बजे

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल