भुटानी शरणार्थीको अभिलेख खोजिँदै « Khabarhub

भुटानी शरणार्थीको अभिलेख खोजिँदै


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपालमा करीव ३ दशकदेखि शरणागत जीवन बिताउँदै आएका भुटानी शरणार्थीहरुको अभिलेख र इतिहास लेखनको प्रकृया शुरु भएको छ ।

नेपालमा शरणार्थी जीवन विताएको ३ दशक पछि बल्ल यो प्रयास शुरु भएको हो । यसका कामका लागि भुटानको राष्ट्रिय फूल ‘ छेङे्न मेतो’ को नाममा संस्थानै स्थापना गरिएको छ ।

झापा र मोरङ्का विभिन्न सात शिविरमा रहेका एक लाख बीस हजारको हाराहारीमा रहेका अधिकांश शरणार्थी तेश्रो देश पुनस्थापित भसके पछि उनीहरुको इतिहास र अभिलेखका लागि शरणार्थी अगुवाहरु जुर्मुराएका हुन् ।

यसका लागि भुटानी शरणार्थी अगुवा डा. भम्पा राईको नेतृत्वमा विभिन्न देशमा रहेका भुटानीहरु समेटिएका छन् ।

नेपालबाट भुटानी शरणार्थीहरु सकिए पनि उनीहरुको इतिहास नमेटियोस भनेर इतिहासको अभिलेखीकरण शुरु गरिएको अध्यक्ष राईले बताए ।

भुटानबाट नेपालीभाषीहरु लखेटिँदा उनीहरुको त्यहाँ अवस्था कस्तो थियो, के के सम्पत्ती छोडेर आए, उनीहरुको त्यहाँको सामाजिक–आर्थिक अवस्था कस्तो थियो लगायतका विषषयको अभिलेख तयार गर्ने क्रम शुरु भएको समितिका प्रमुख सचिव एनबी गिरीले जानकारी दिए ।

उनले भने–‘यो कार्य पहिल्यै शुरु गर्ने पर्ने थियो, सकिएको थिएन । तर ढिलै भए पनि शुरु गरेका छौं, यसमा विभिन्न देशमा रहेका भुटानीहरु जोडिएका छौं ।’

रित्तिएका शिविर

कुनै बेला झापा र मोरङमा रहेका ७ शिविर मध्ये हाल दुई ओटा मात्र छन् । मोरङको पथरीशनिश्चरे र झापाको दमकस्थित बेलडाँगीमा रहेको शिविरमा हाल ५ हजारको हाराहारीमा शरणार्थी रहेका छन् । बाँकी अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, नर्वे लगायतका देशमा पुनस्थापित भइसकेका छन् ।

भुटानी शरणार्थीहरुले पटक-पटक स्वदेश फिर्तीको आन्दोलन गरे पनि सो सफल हुन सकेन । त्यस पछि सन् २००८ बाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन–आईओम मार्फत विभिन्न मुलुकमा पुनस्थापनाको क्रम शुरु भयो । सन् २०१६ सम्म चलेको यो क्रममा एक लाख भन्दा बढी भुटानी शरणार्थीहरु विभिन्न मुलुकमा पुगेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : १५ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ