चिनियाँ परियोजनामा अनियमितता भएको भन्दै संघीय लिम्बुवान मञ्चद्वारा झापामा प्रदर्शन « Khabarhub

चिनियाँ परियोजनामा अनियमितता भएको भन्दै संघीय लिम्बुवान मञ्चद्वारा झापामा प्रदर्शन


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संघीय लिम्बुवान मञ्चले झापमा चिनियाँ कम्पनीको लगानी रहेको एक परियोजनाविरुद्ध बृहत प्रदर्शन गरेको छ ।

चिनियाँ प्रत्यक्ष लगानीमा ‘बेल्ट एन्ड रोड परियोना’ अन्तर्गत दमक क्लिन इन्डस्ट्रियल पार्कको निर्माणमा भइरहेको अवैध क्रियाकलापविरुद्ध मञ्चले विरोध प्रदर्शन गरेको जनाएको हो ।

मंगलबार ओलीविरुद्ध देशव्यापी प्रदर्शन भएकै बेला उनको गृहजिल्ला झापामा मञ्चले चिनियाँ परियोजनाविरुद्ध प्रदर्शन गरेको हो ।

राजनीतिकरुपमा महत्वाकांक्षी मानिएको उक्त परियोजना प्रधानमन्त्री ओली आफैले छनोट गरेको मञ्चले जनाएको छ ।

प्रदर्शनमा आदिवासी जनजाति तथा अन्य अल्पसंख्यक समुदायका पाँच हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

उनीहरुले सो परियोजनामा भएको अनियमितता रोक्न माग राख्दै प्रदर्शन गरेको जनाइएको छ ।

  

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : १२ बजे

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप