मानव बेचबिखनको आरोपमा दक्षिणकाली नगरपालिकाका वडाध्यक्ष पक्राउ | Khabarhub Khabarhub

मानव बेचबिखनको आरोपमा दक्षिणकाली नगरपालिकाका वडाध्यक्ष पक्राउ


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनप्रतिनिधि नै मानव बेचबिखनको आरोपित भन्दा पत्याउनुहुन्छ ? सामान्यताः जो कोहिले यस्तो आरोपको कल्पना समेत गर्न सक्दैनन् ।

तर काठमाडौंस्थित काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कालाई भने प्रहरीले मानव बेचबिखन आरोपमा पक्राउ गरेको छ । उनिसँगै अरु २ जना पनि पक्राउ परेका छन ।

महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको टोलीले खड्कासँगै बिज्रगोपाल श्रेष्ठ र नवल ठाकुरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको खुलेको छ ।

एक महिलाले देहव्यापार गरेको उजुरी दिएपछि प्रहरीले सानेपाको एक होटलमा छापा मारेर गत शुक्रबार उनिहरुलाई नियन्त्रणमा लिएको ललितपुरका प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए ।

पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का बासिन्दा हुन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ३८ बजे

आज २०८२ साल असोज १ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना