पूर्वमन्त्रीका स्वकीय सचिवको साउनामा निस्सासिएर मृत्यु « Khabarhub

पूर्वमन्त्रीका स्वकीय सचिवको साउनामा निस्सासिएर मृत्यु


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ ।

जीम सेन्टरमा साउना (तातो पानीको वाफ लिने स्थानमा) मा निसास्सिएर पूर्व मन्त्री तथा नेकपा नेतृ थममाया थापाका स्वकीय सचिव दम्पत्तिको मृत्यु भएको हो ।

बुधवार राति ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्रकुमारी पुनको निधन भएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिए ।

गर्वुजामगर थममाया थापामन्त्री हुदा स्वकीय सचिव थिए ।

साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएका थिए । बेहोस अवस्थामा रहेका उनीहरुलाई अस्पताल नपुर्याउँदै मृत्यु भएको एसपी सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ११ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै