फोक्सोमै हुन्छ धुम्रपानबाट हुने क्यान्सर निको पार्ने चमत्कारी क्षमता « Khabarhub

फोक्सोमै हुन्छ धुम्रपानबाट हुने क्यान्सर निको पार्ने चमत्कारी क्षमता


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुम्रपान सेवन गर्दा शरीरलाई पर्ने असरमध्येको एउटा हो, फोक्सोको क्यान्सर ।

तर, वैज्ञानिकहरुले हालै गरेको एक अध्ययनबाट धुम्रपानका कारण फोक्सोमा परेको क्षति निको पार्न मानव शरीरमा चमत्कारी क्षमता हुने गरेको पत्ता लगाएका छन् ।

तर, यस्तो चमत्कारी क्षमताको प्रभावकारिता भने धुम्रपान त्यागे पछि मात्रै सम्भव हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको भनाइ छ ।

यसअघि धुम्रपानले फोक्सोमा स्थायी रुपमै क्षति पुर्‍याउने गरेको भन्ने गरिन्थ्यो ।

तर, नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख भएअनुसार धुम्रपानबाट क्षतिग्रस्त नभएका कोषहरुले धुम्रपानका कारण क्षतिग्रस्त कोषहरुलाई निको पार्न सहयोग गर्ने पाइएको छ ।

गेट्टी ईमेज

शोधमा उल्लेख भएअनुसार फोक्सोमा मात्रै यस्तो जादुमयी क्षमता हुन्छ, जसले धुम्रपानबाट क्षतिग्रस्त कोषलाई निको पार्न सक्छ ।

वैज्ञानिकहरुका अनुसार ४० वर्षसम्म दैनिक २० खिल्ली चुरोट पिउने व्यक्तिमा समेत यस्तो सकरात्मक प्रभाव परेको देखिएको छ ।

यद्यपि, धुम्रपान त्याग्दैमा फोक्सोको क्यान्सरसँग सम्बन्धित सबै खतरा भने नटर्ने वैज्ञानिकहरुको भनाइ छ ।

अनुसन्धानमा संलग्न स्याङ्गर इन्स्टीच्यूटका विज्ञ चिकित्सक पिटर क्याम्पबेलले फोक्सोको उक्त क्षमता साँच्चिकै चमत्कारी भएको बताए ।

अनुसन्धानकर्ताहरुले धुम्रपानका कारण क्षतिग्रस्त भएका फोक्साका कोषमध्ये कति प्रतिशत निको हुन सक्छन् भन्ने विषयमा भने अकलन गर्न बाँकी रहेको बताएका छन् ।

सूर्तीमा भएका हजारौं रसायनले मानिसको फोक्सोमा भएका आनुवंशिक गुण बोक्ने डीएनएलाई बिगारिदिन्छन् । जसका कारण ती स्वस्थ्य कोषबाट क्यान्सरजन्य कोष बन्न थाल्छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  २ : ३० बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा