क्रिस गेलले पोखरा राइनोजबाट खेल्ने | Khabarhub Khabarhub

क्रिस गेलले पोखरा राइनोजबाट खेल्ने


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिस गेलले एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेल्ने भएका छन् ।

पोखरा राइनोजले बिहीबार पत्रकार सम्मेलन गरि गेल आफ्नो आइकनिक खेलाडी रहेको जानकारी दिएको हो ।

गेल विश्व क्रिकेटमा लामो सर्ट प्रहार गर्न माहिर खेलाडी हुन् । उनी नेपाल आउने चर्चा लामो समयदेखि चल्दै आएको थियो ।
काठमाडौं आउने पक्का भएका गेलले खेल भने मात्रै २ वटा खेल्नेछन् ।

तर, उनले ईपीएल खेल्न निश्चित भने बिहीबार मात्रै भएको हो । पोखरा अघिल्लो बर्ष रिचार्ड लेभि लगायतका खेलाडी हुँदा पनि समुह चरणबाटै आउट भएको थियो।

दक्षिण अफ्रिकाका हासिम अमला, वेष्ट इन्डिजका अर्का खेलाडी ड्यान स्मिथ र अफगानिस्तान मोहम्मद साहजाद, इङ्ग्ल्यान्णका लायम पुलेक्केट, श्रीलंकाका उपल थरंगाले ईपीएल खेल्ने पक्का भइसकेको छ ।

स्मिथले भैरहवा, थरंगाले ललितपुर, गेलले पोखरा र साहजादले चितवनबाट खेल्ने निश्चित भइसकेको छ भने अमला र पुलिक्केटले कुन टोलीबाट खेल्ने भन्ने पक्का भएको छैन ।

तेस्रो संस्करणको ईपीएल चैत १ देखि १५ सम्म किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ३ : ३६ बजे

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले