फ्रेण्ड्स क्लबसँग च्यासल पराजित « Khabarhub

फ्रेण्ड्स क्लबसँग च्यासल पराजित


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब च्यासललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेण्ड्सको जितमा उत्तम राई नायक बने ।

उनले खेलको ८४औँ मिनेटमा गरेको एक गोल नै फ्रेण्डसका लागि निर्णायक गोल सावित भयो ।

फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक बल च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि आएको रिबाउन्ड बलमा उत्तमले गोल गर्न सफल भएका हुन् ।

खेलमा फ्रेन्ड्सका गोलकर्ता उत्तम राई म्यान अफ दि म्याच घोषित भए । जितसँगै फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सले नौ खेलमा ११ अङ्क जोडेको छ । त्यस्तै पराजित च्यासल समान नौ खेलबाट नौ अङ्कसहित लिगको दशौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ४ : ०० बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,