सरकारले उद्योगलाई प्राथमिकतामा राखेको छ: उपप्रधानमन्त्री पोखरेल « Khabarhub

सरकारले उद्योगलाई प्राथमिकतामा राखेको छ: उपप्रधानमन्त्री पोखरेल


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औधोगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।

देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा उनले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

“देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सरकारले उद्योग स्थापनामा जोड दिएको छ”, उनले भने । सबै प्रदेशमा औधोगिक क्षेत्र स्थापनामा सरकार लागेको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले देउराली–जनता फर्मास्युटिकल्स गौरव गर्न लायक उद्योगका रूपमा विकास हुँदै गएको बताए ।

रक्षामन्त्री पोखरेलले जनतासँग गाँसिएको संस्थामात्र बाँच्न सक्ने हुँदा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पु¥याउन जरुरी रहेको उल्लेख गर्दै औषधिको अध्ययन अनुसन्धानमा समेत केन्द्रित हुन कम्पनीलाई आग्रह गरे ।

औषधि उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क कम गर्न सरकार गम्भीर भएर लाग्ने उनको भनाइ थियो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कुल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको बताए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले फर्मास्युटिकल्सले टोखा नगरपालिकाको गरिमा बढाएको बताउँदै राष्ट्रको समृद्धिका लागि उद्योगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । टोखाको विकासमा देउराली जनताले सहयोग पुर्‍याएको उनको भनाइ थियो ।

कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले मेहनत, परिश्रम र इमान्दार भएर अगाडि बढेका कारण कम्पनी अहिलेको अवस्थामा आएको बताए । उनले राजश्वलाई भन्दा उद्योग स्थापनालाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

स्थानीय समाजसेवी चन्द्रविनोद चालिसेले कम्पनीले एक वर्षमा नै धेरै प्रगति हासिल गर्न सफल भएको बताउँदै थप सफलताको शुभकामनासमेत दिए । प्रालिका महाप्रबन्धक रीना श्रेष्ठले कम्पनीले मुटुरोग, नसासम्बन्धी रोग, मधुमेह, चर्मरोगलगायत ३२० प्रकारका औषधि उत्पादन गरिरहेको जानकारी दिए ।

विसं २०४७ माघ १६ गते स्थापना भएको कम्पनीले ५०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ४५ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै