कोरोना भाइरस प्रकोप: स्थलमार्ग प्रयोग गर्नेमाथि पनि निगरानी बढाइयो « Khabarhub

कोरोना भाइरस प्रकोप: स्थलमार्ग प्रयोग गर्नेमाथि पनि निगरानी बढाइयो


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिने सर्वसाधारणमाथि निगरानी गर्ने भएका छन् ।

हालसम्म हवाईमार्ग प्रयोग गरेर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिँदैआएकामा अब चीनसितको सीमा नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिनुका साथै सीमामा उच्च सतर्कता अपनाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा  प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनसितको सीमा नाका रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी भएर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिने जानकारी दिए ।

“अहिलेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आउनेमाथि निगरानी गर्दै थियौँ, अब चीनसितको सीमा नाकामा सतर्कता अपनाउँछौँ”, उनले भने ।  ती दुवै ठाउँमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

स्वास्थ्यसेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली रसुवागढी र तातोपानी नाकामा जान लागेको उनले जानकारी दिए ।

डा अमृत पोखरेल नेतृत्वको टोली रसुवागढी तथा डा गुणनिधि शर्माको नेतृत्वमा  टोली तातोपानीतर्फ शुक्रबार जान लागेको उनले जानकारी दिए ।

चिकित्सक टोलीले दुबै नाकामा सुरक्षा निकाय, भन्सार, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायसित छलफल तथा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

“हाम्रो पहिलो प्रयास कोरोना भाइरसको प्रकोपबारे जानकारी गराउने हो, रोग फैलिनु अघि सबैलाई सचेत पार्ने हो”, प्रवक्ता श्रेष्ठले भने ।

कोरोना भाइरसको प्रकोप फैलिन नदिन सतर्क हुन उनले सबैलाई आग्रह गरे । उनले आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा परराष्ट्र, गृह, रक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारी, सुरक्षा निकायका अधिकारीसहितको छलफल तथा परामर्श बैठक बसेको जानकारी दिए ।

“चाँडै नै प्राविधिक तथा विज्ञसहितको समिति बनाउँदैछौैँ”, उनले भने , “अस्पताललाई तयारी अवस्थामा राखेका छौँ ।” मन्त्रालयले नियमित रुपमा छलफल गरिरहेको जानकारी दिए ।

बेइजिङस्थित चिनियाँ राजदूतावाससँग नियम सम्पर्क तथा आवश्यक परामर्श गरिरहेको श्रेष्ठले बताए । “वुहान प्रान्तमा अध्ययनरत विद्यार्थीले नेपाल फर्किन दूतावासमा सम्पर्क गरिरहेको कुरा जानकारीमा आएको छ”, उनले भने , “अहिले नै घर फर्काइहाल्ने अवस्था छैन ।”

आवश्यकता परेको खण्डमा सरकारले सबै प्रक्रिया अपनाउने श्रेष्ठले बताए ।

‘शङ्का लागे स्वास्थ्य परीक्षण गर्न आउनुस्’

प्रवक्ता श्रेष्ठले कोरोना भाइरसबाट सङ्क्रमित भएको शङ्का लागेमा स्वास्थ्य परीक्षण गराउन सबैलाई अनुरोध गरे ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको जस्तो लक्षण देखिएमा घरमा नबसी सोझै अस्पताल आएर आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्नेमा उनको सुझाव थियो ।

“शङ्का मानेर घरमा बस्न हुन्न, परीक्षण गर्न आउनुस्, अहिलेका लागि हामीलाई सबैभन्दा ठूलो सहयोग हुन्छ”, उनले भने ।  कोरोना भाइरस फैलन नदिन सबैले सचेत हुनुपर्ने र आ–आफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गर्न उनले आग्रह गरे ।

चीनको वुहान प्रान्तबाट नेपाल आएका एक नेपालीमा कोरोना भाइरस देखिएपछि माघ ९ गतेदेखि सरकारले उच्च सतर्कता अपनाएको हो । यस क्रममा नेपाल र चीन सरकारको सहमतिमा रसुवागढी र तातोपानी नाकामा १५ दिनका लागि आवागमन रोकेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ९ : १५ बजे

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

पर्सा– तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक

८६ वटा एम्बुलेन्स अद्यावधिक

चितवन– चितवनमा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन्

भोजपुरको खोक्सिकवासीलाई निःशुल्क विद्युत

भोजपुर– जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित

नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई ६७ रनमा अलआउट

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

काठमाडौँ– विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा