प्रिमियर लिगको उपाधि लिभरपुललाई दिनु उपयुक्त – इल्काइ गुण्डोगान « Khabarhub

प्रिमियर लिगको उपाधि लिभरपुललाई दिनु उपयुक्त – इल्काइ गुण्डोगान


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगानले प्रिमियर लिगको उपाधी लिभरपुललाई दिँदा उपयुक्त हुने बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको फुटबल लिग चाँडै सुचारु हुन नसकी जारी प्रिमियर लिग त्यसै अन्त्य हुने भए उपाधि लिभरपुललाई प्रदान गर्नु उपयुक्त हुने उनको भनाई छ ।

साबिक विजेता म्यानचेस्टर सिटीका मिडफिल्डर गुण्डोगानले लिभरपुल उपाधिका लागि यो सिजन सबै हिसाबले तयार रहेको बताएका हुन् ।

इंग्ल्याण्डका सबै फुटबल गतिविधि कम्तिमा अप्रिल ३० सम्मका लागि स्थगित भएका छन् । अहिले लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुल पछिल्लो ३० वर्ष यता पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने होडमा छ ।

प्रिमियर लिग क्लबहरुको बैठक अप्रिल ३ मा बस्ने छ । सो बैठकमा कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न भएको परिवेश र भावी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै