प्रिमियर लिगको उपाधि लिभरपुललाई दिनु उपयुक्त – इल्काइ गुण्डोगान « Khabarhub

प्रिमियर लिगको उपाधि लिभरपुललाई दिनु उपयुक्त – इल्काइ गुण्डोगान


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगानले प्रिमियर लिगको उपाधी लिभरपुललाई दिँदा उपयुक्त हुने बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको फुटबल लिग चाँडै सुचारु हुन नसकी जारी प्रिमियर लिग त्यसै अन्त्य हुने भए उपाधि लिभरपुललाई प्रदान गर्नु उपयुक्त हुने उनको भनाई छ ।

साबिक विजेता म्यानचेस्टर सिटीका मिडफिल्डर गुण्डोगानले लिभरपुल उपाधिका लागि यो सिजन सबै हिसाबले तयार रहेको बताएका हुन् ।

इंग्ल्याण्डका सबै फुटबल गतिविधि कम्तिमा अप्रिल ३० सम्मका लागि स्थगित भएका छन् । अहिले लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुल पछिल्लो ३० वर्ष यता पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने होडमा छ ।

प्रिमियर लिग क्लबहरुको बैठक अप्रिल ३ मा बस्ने छ । सो बैठकमा कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न भएको परिवेश र भावी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : १२ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका